रसुवागढी हाइड्रोपावरको आईपीओ खुल्यो « Khabarhub

रसुवागढी हाइड्रोपावरको आईपीओ खुल्यो


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

लिमिटेडले १३ असारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्न लागेको हो ।

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका–४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुमा उक्त आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक स्थानीय वासिन्दाले २७ असारसम्म आवेदन दिन सक्नेछन् ।

उक्त मितिसम्म मागअनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । यो आईपीओ बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।

उक्त आईपीओमा बिक्री प्रबन्धकसँगै सी आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : १७ बजे

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा