रसुवागढी हाइड्रोपावरको आईपीओ खुल्यो « Khabarhub

रसुवागढी हाइड्रोपावरको आईपीओ खुल्यो


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

लिमिटेडले १३ असारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्न लागेको हो ।

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका–४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुमा उक्त आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक स्थानीय वासिन्दाले २७ असारसम्म आवेदन दिन सक्नेछन् ।

उक्त मितिसम्म मागअनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । यो आईपीओ बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।

उक्त आईपीओमा बिक्री प्रबन्धकसँगै सी आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : १७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका