सभापति निरौलाको आशङ्का – एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?  « Khabarhub

सभापति निरौलाको आशङ्का – एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशङ्का व्यक्त गरेकी छन् । समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको उनले बताइन् ।

‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौँ । सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन ।  सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कारणले गर्दा प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौँ । उहाँको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौँ । हामीले के चाहेका थियौँ भने प्रधानमन्त्री सेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौँ,’ उनले समिति बैठकमा भनिन्, ‘कतिपय सवाल अतिरञ्जित भएर आएका होलान्, कतिपय सवाल गलत ढङ्गले आएका होलान् ती सबैको जवाफ आधिकारिक रूपमा आओस् भन्ने हाम्रो धारणा हो ।’

निरौलाले नेपाल सधैँ स्वतन्त्र रहन चाहेको बताइन् । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौँ । एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? यस्तो आशङ्का जनताले पनि गरिरहेका छन् । नेपाल सधैँ स्वतन्त्र रहन चाहन्छ,’ उनले भनिन् ।

समितिको आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई आमन्त्रण गरे पनि उनी अनुपस्थित भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : १६ बजे

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा