कांग्रेसको विरोधकाबीच अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय « Khabarhub

कांग्रेसको विरोधकाबीच अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयलाई प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकर्षण गराउने भएको छ ।

सो समितिका सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकर्षण गराउने निर्णय लिने बताएकी हुन् । सभापति निरौलाको सो घोषणामा कांग्रेस सांसदहरूले भने आपत्ति जनाएका छन् ।

‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको थियो, अन्तिम क्षणमा आएर सचिवालयमार्फत उपस्थित नहुने जानकारी गराउनुभयो,’ बैठकलाई अन्त्य गर्दै सभापति निरौलाले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

सभापतिको सो घोषणासँगै नेपाली कांग्रेसका सांसदहरूले भने आपत्ति जनाएका छन् । समितिमा रहेका कांग्रेसका प्रतिनिधि सांसदहरू पुष्पा भुसाल र दिव्यमणि राज भण्डारीलगायतले भने सभापति निरौलाको सो घोषणाप्रति असहमति प्रकट गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना