अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछु : प्रम देउवा | Khabarhub Khabarhub

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछु : प्रम देउवा


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।

उनले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेका सचेतक भुसालले आज उनीसँग भेट गरेका थिए ।

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागि नसकेको स्पष्ट पारेका थिए। समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्य व्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेका बुझिएको छ ।

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षा मन्त्रीलाई आगामी बैठकमा पुनः आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल) ले जानकारी दिए। साथै बैठकले समितिको प्रतिवेदन, २०७९ आवश्यक परिमार्जन समिति पारित गरेको छ ।

बैठकमा बोल्ने अधिकांश समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ५६ बजे

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको

इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिकाले इरानको

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

काठमाडौं – इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको