‘माटो जोगाऔं’ भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन « Khabarhub

‘माटो जोगाऔं’ भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-‘माटो जोगाऔं’ अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नवीन पुन मगर आठौं दिन बारा आइपुगेका छन् ।

गत आइतबार काठमाडौंदेखि माटो बचाउन दौड सुरु गरेका पुन करिब ३ सय किलो मिटर दौडेर निजगढ आइपुगेका हुन् । पुनसहित यस अभियानका सदस्यलाई निजगढमा गौरी शंखर फाउडेसनले स्वागत गरिएको छ । अभियानलाई निजगढमा गौरी शंखर फाउडेसनका अध्यक्ष खड्गराज मैनाली र सचिव दीपक सापकोटाले स्वागत गरिएको थियो ।

माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजना रहेको अभियानका सदस्य सनम लिम्बुले बताए । अहिले माटोमा जैविक मात्रा घट्दै गएको उनको भनाइ छ । यही कारण उत्पादकत्व घट्नुका साथ स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको उनले बताए ।

यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने अर्का अभियानका सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०(२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।

हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको पुनले बताए । उनले माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने र यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उनी काठमाडौंबाट धादिङ हुँदै पर्साको बिरगञ्ज भएर बाराको निजगढ आएका हुन् । नवीनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए ।

‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं,’ उनले भने, ‘हिजो हामीले खानेकुरामा जति पाउने शक्ति थियो अहिले त्यो घटेर छ त्यसको दशगुण खाँदा पनि हामीलाई चाहिने शक्ति प्राप्त हुँदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ’ पुनले भने ।

अहिले विश्वव्यापी रूपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यही अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए । नेपालमा इसा फाउण्डेशनमार्फत उक्त अभियान सुरु भएको हो । यसका लागि फाउण्डेशनले देशभर तीन हजार स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ४३ बजे

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे