‘माटो जोगाऔं’ भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन « Khabarhub

‘माटो जोगाऔं’ भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-‘माटो जोगाऔं’ अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नवीन पुन मगर आठौं दिन बारा आइपुगेका छन् ।

गत आइतबार काठमाडौंदेखि माटो बचाउन दौड सुरु गरेका पुन करिब ३ सय किलो मिटर दौडेर निजगढ आइपुगेका हुन् । पुनसहित यस अभियानका सदस्यलाई निजगढमा गौरी शंखर फाउडेसनले स्वागत गरिएको छ । अभियानलाई निजगढमा गौरी शंखर फाउडेसनका अध्यक्ष खड्गराज मैनाली र सचिव दीपक सापकोटाले स्वागत गरिएको थियो ।

माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजना रहेको अभियानका सदस्य सनम लिम्बुले बताए । अहिले माटोमा जैविक मात्रा घट्दै गएको उनको भनाइ छ । यही कारण उत्पादकत्व घट्नुका साथ स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको उनले बताए ।

यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने अर्का अभियानका सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०(२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।

हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको पुनले बताए । उनले माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने र यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उनी काठमाडौंबाट धादिङ हुँदै पर्साको बिरगञ्ज भएर बाराको निजगढ आएका हुन् । नवीनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए ।

‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं,’ उनले भने, ‘हिजो हामीले खानेकुरामा जति पाउने शक्ति थियो अहिले त्यो घटेर छ त्यसको दशगुण खाँदा पनि हामीलाई चाहिने शक्ति प्राप्त हुँदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ’ पुनले भने ।

अहिले विश्वव्यापी रूपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यही अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए । नेपालमा इसा फाउण्डेशनमार्फत उक्त अभियान सुरु भएको हो । यसका लागि फाउण्डेशनले देशभर तीन हजार स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना