मुगुमा खडेरीले बाली सुक्यो | Khabarhub Khabarhub

मुगुमा खडेरीले बाली सुक्यो


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

असार महिना सुरु भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ । मुगुमा लगाएका रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन थालेको छ ।

समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न सास्ती हुने अवस्था सृजना उत्पन्न भएको छ । ‘आकाशबाट पानी आउँदैन खडेरीले खेतबारीमा बाली सुकिसक्यो,’ छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कि हिमाली सुनारले भनिन्, ‘असार लागिसक्यो पानी आउँदैन । बाली नाली सुक्न थाल्यो ।’

सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् । खडेरीले पानीका मुहानसमेत सुक्न थालेको र कर्णाली नदीको बहाव पनि घट्दै गएको स्थानीयले बताए । खडेरीले कुलोको पानी सुक्न थालेपछि रोपाइँ गर्न मुस्किल हुने अवस्था आएको बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ५६ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा