कोरोना सङ्क्रमणविरुद्ध सचेतना रहन आग्रह : मास्क अनिवार्य | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणविरुद्ध सचेतना रहन आग्रह : मास्क अनिवार्य


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकाले सो आग्रह गरेको हो ।

बैठकले सङ्क्रमणको शङ्का लागेमा नजिको स्वास्थ्य संस्थामा गई सङ्क्रमण परीक्षण गर्न, बिनाकाममा भीडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनसमेत अनुरोध गरेको छ ।

प्रजिअ रिजालले काँकडभिट्टा प्रवेश नाकामा नगरपालिका इडिसीएम, एलओएम र नेपाल रेडक्रसले आपसमा समन्वय गरी कोडिभ–१९ को परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए । उनले जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन, वर्तमान अस्वस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण किट, भिटीएसलगायत अन्य सामग्रीको मौज्दात व्यवस्थापन गर्न लगाइएको बताएका हुन् ।

बैठकले दुहागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तीमा १०० शय्या नेपाली सेनालाई तयारी राख्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ३७ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल