लागूऔषधका मुद्दा बढ्दै « Khabarhub

लागूऔषधका मुद्दा बढ्दै


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पछिल्लो समय सुर्खेतमा लागूऔषधका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागूऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा संलग्न २९२ प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागूऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा संलग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए ।

आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा संलग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा संलग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै  सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिए । ‘पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ’, उनले भने,’सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागूऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ ।’ प्रहरीको तथ्याङ्कअनुसार आव ०७६/७७ मा  ९८ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो । ७७/७८ मा ९२ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो 

यस्तै ७८/७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलिग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलिग्राम गाजाका साथै  नाइट्रोभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : २१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले