रुपन्देहीमा बढ्दै कोभिड संक्रमण « Khabarhub

रुपन्देहीमा बढ्दै कोभिड संक्रमण


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीमा शून्य अवस्थामा झरेको काेराेना संक्रमण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ संक्रमण दर निरन्तर बढिरहेको छ ।

जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा कोभिडको लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा निमित्त प्रमुख गीता पोखरेललाई पनि संक्रमण भएको छ, उनको परिवारमा चेकजाँच गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा पनि नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । सीमामा देखिएका संक्रमित सबै भारतीय नै हुन् । सक्रिय संक्रमितहरू तिलोत्तमा, सिद्धार्थनगर र बुटवलका रहे पनि सबै होम आइसाेलेसनमा छन् ।

शाहका अनुसार रुपन्देहीमा हाल सम्म २ लाख १३ हजार ७ सय ६२ जनामा गरिएको परीक्षणबाट ३८ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ सय ५४  जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए  ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : २४ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा