ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड राजस्व संकलन  « Khabarhub

ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड राजस्व संकलन 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो ।  

गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताए । जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उनले बताए । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए । 

ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत ८४ लाख १५ हजार ५०० राजस्व संकलन गर्न सफल भएको थापाले जानकारी दिए । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा ७७ लाख ५६ हजार ५०० र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताए । 

चार हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट २५ लाख ८३ हजार ५०० र  एक हजार ७४३ ट्रयाक्टर चालकबाट ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८/७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : २६ बजे

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला– जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको

रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनका लागि मत माग्दै मन्त्रीदेखि सांसदसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी पदको

आइएसएमटीले सन्डरल्यान्ड विश्वविद्यालयबाट फ्रेन्चाइज नै नलिएको कार्यक्रम चलाउँदै

काठमाडौं– नेपालका विभिन्न सहरमा कलेज सञ्जाल खडा गरेर स्नातक र