'स्वास्थ्यको लागि खेल महत्त्वपूर्ण' | Khabarhub Khabarhub

‘स्वास्थ्यको लागि खेल महत्त्वपूर्ण’


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्त्व रहेको बताए । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए।

सात दोबाटोको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा खेलकुद पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै विजयी भयो । उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिएको थियो । मञ्चको जितमा वासु अवाल र दिल तामाङले समान दुई/दुई गोल गरे भने अभिनव जोशीले एक गोल थपे । यता अन्नपूर्णका लागि भने सन्तोष खड्काले दुई गोल गर्दा नीराजन श्रेष्ठ र नरेश खड्काले १/१ गोल थपे ।

विजेता टोलीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य एवं प्रशिक्षक राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे। मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यको प्रशंसा गरे।

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरे। सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबका कप्तान सन्तोष खड्काले जानकारी दिए।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : १५ बजे

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ