‘जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण छ’ « Khabarhub

‘जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण छ’


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

६० औँ इन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताए। उनले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरूलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यक भएकाले यसमा पनि इन्जिनियरहरूले भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे। देशको आर्थिक विकासलाई सहयोग पुर्‍याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सबै पक्षबीच समन्वयन हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी विधेयक सदनमा रहेको र यही अधिवेशनले पारित गर्ने बताए।

कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी वेस्ट इनोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ४९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको