हनि ट्रयापिङ’मा संलग्न रहेको आरोपमा ३ जना पक्राउ « Khabarhub

हनि ट्रयापिङ’मा संलग्न रहेको आरोपमा ३ जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् । 

उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा आपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्ने गरेका थिए । 

उनीहरूले ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्‍तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगी भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने गरेको भनाई प्रहरीको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ३८ बजे

नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं- भारतको उत्तर प्रदेश राज्यमा नेपाली नागरिक सवार बस दुर्घटना

जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र भएको

तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्र केसीको शव भेटियो

उदयपुर– तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८

अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह

धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि