डुम्रे-बेँशीसहर सडकखण्ड सञ्चालनमा « Khabarhub

डुम्रे-बेँशीसहर सडकखण्ड सञ्चालनमा


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– गएरातिदेखि बाढीपहिरोले  अवरुद्ध बनाएको डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो ।  

लमजुङस्थित डुम्रे–बेँसीसहर –चामे सडक योजना कार्यालयका प्रमुख अच्चुतविलास पन्तका अनुसार वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजारसम्म जोडिने यस भागमा माथिबाट लेदो आएर अवरुद्ध भागको लेदो निकालेसँगै पुनः सवारी सञ्चालनमा आएको हो । यहाँ एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको उनको भनाइ थियो । माथिबाट लेदो आएको थियो भने तल मर्स्याङ्दी नदीले कटान गर्दा सडक नै भासिएको थियो । 

सडक सञ्चालनसँगै सवारीसाधन आवतजावत गरिरहेपनि यात्रा भने कष्टकर भइरहेको छ । सो स्थानमा सवारीसाधन फस्ने र निकाल्ने गर्दै सवारी सञ्चालन हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् । माथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने र तल सडक नै भासिन सक्ने अवस्थामा रहेको बताइएको छ । उक्त स्थानमा सडक तल र मर्स्याङ्दी नदी माथि भागमा तारजाली हाल्न र व्यवस्थित बनाउन लागिएको कार्यालय प्रमुख पन्तको भनाइ थियो ।

गतवर्ष र गत असारको पहिलो  हप्ता गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थान वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै  आएको छ । सो सडक ४२ किलोमिटर दूरीको छ । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ४९ बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल