बाबुरामजी गठबन्धनमै हुनुहुन्छ : प्रचण्ड « Khabarhub

बाबुरामजी गठबन्धनमै हुनुहुन्छ : प्रचण्ड


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराईलाई केही दिनअघि पार्टीले कारबाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निष्कासन गरेको थियो ।

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरू पार्टीसँग पनि कुरा गरौँ, भोली पर्सीसम्म एउटा टुङ्गोमा पुग्न सके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उदेश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ४५ बजे

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न