राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौँ : ईश्वर पोखरेल « Khabarhub

राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौँ : ईश्वर पोखरेल


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् । 

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताए । पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने समेत जनाए । ‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन,’ उनले भने । स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने उनले बताए ।

बाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाई थियो । उनले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने दाबी गरे ।  सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाइ थियो ।  

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ४४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले