सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित भवन उद्घाटन | Khabarhub Khabarhub

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित भवन उद्घाटन


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले उक्त भवनको उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण गरिएके बताइएको छ।

 यो परियोजना भारत स्वतन्त्र भएको ७५औँ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको भारत @ 75आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरू मध्येको एक हो । सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को साझेदार संस्थाको रुपमा रहेको उक्त संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

त्यस्तै इन्स्टिच्यूटले काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । उक्त इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने बताइएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि पठाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये सिन्धुली जिल्लाका ४ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् । 

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुपक्षीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गरेको छ । उक्त परियोजनाको कार्यान्वयनले शिक्षालगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले  पुर्‍याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको छ । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ३६ बजे

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको

संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला  

 काठमाडौं– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष

हुन्डी कारोबार रोक्न हङकङस्थित नेपाली व्यवसायीको माग

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका