‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’ « Khabarhub

‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भने।

ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने सन्देशमा भनिएको छ ।

सन्देशमा द्वापरयुगमा कंशको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको उल्लेख गरिएको छ ।

“बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न यस पर्वले सहयोग पुर्‍याउने छ”, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ३० बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।