एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै « Khabarhub

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रूख छपान र  कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सबडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे (रुइना)  प्रजातिका आठसय २५ वटा रूख कटानका लागि स्वीकृति प्राप्त भएको  छ ।

‘केही दिनभित्रै रूख छपानको कार्य अगाडि बढाउने तयारी गरेका छौँ’, उनले भने, ‘सरोकारवाला पक्षसँग छलफल गरी छपान गरिने र कटान आदेश जारी भएपछि कटानको कार्य सुरु हुन्छ ।’ वर्षात्को मौसम भएकाले कार्य अगाडि बढाउनमा विलम्ब भइरहेको उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार (प्रयोग) का लागि स्वीकृति प्रदान गरिसकेको छ ।

सामुदायिक वनको पाँच हेक्टर जमिनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर अमित यादवले बताए । उनका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो । ‘बीस महिनाभित्र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ’, इञ्जिनीयर यादवले भने, ‘निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ । केन्द्रसम्म पुग्ने अढाइ किलोमिटर सडकसमेत निर्माण हुन्छ।’

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताए  । ‘ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ’, उनले भने, ‘वतावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ ।’

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १२ : ४१ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद