बयलपाटा अस्पताल आर्थिक संकटमा, सेवा प्रवाहमा समस्या « Khabarhub

बयलपाटा अस्पताल आर्थिक संकटमा, सेवा प्रवाहमा समस्या


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्याय हेल्थ नेपालद्वारा सञ्चालित अछामको बयलपाटा अस्पताललाई आर्थिक संकट परेको छ । विभिन्न दातृ निकायबाट आउने बजेट कोरोना महामारी पछि कटौती हुन थालेपछि सुदूर तथा मध्य पहाडका सर्वसाधारण नागरिकको देवताका रुपमा चिनिएको बयलपाटा अस्पतालमा आर्थिक संकट थपिएको हो । 

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बयलपाटा अस्पताल आर्थिक संकटमा परेको बताएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिकको सहज सेवा र निशुल्क उपचार गर्ने अछामको बयलपाटा अस्पतालमा पछिल्लो एक वर्ष यता आर्थिक अभावले सेवा प्रवाहमा समस्या थपिएको बताएका हुन् । 

 यसैबीच खबरहव मिडिया तथा रेडियो क्याण्डिडको स्थानीय आवाज कार्यक्रममा मेयर कुवँरले यही आर्थिक वर्षमा नगरका अन्य विकासे बजेटको कटौती गरेर एक करोड बजेट बयलपाटा अस्पतालका लागी विनियोजन गरेको जानकारी दिए । 

अस्पतालको विषयमा केही दिन अघि मात्रै प्रदेशका विभिन्न विभागीय मन्त्री तथा अछाम, बाजुरा, डोटीका केही पालिकाका मेयर,अध्यक्ष, राजनितीक दल लगायतसँग छलफल गरेर आफ्नो संयोजकत्वमा सरोकार समिति गठन गरेको उनको भनाई छ । 

आफूलाई दिएको जिम्मेवारी पुरा गर्न यतिखेर संघीय मन्त्रालयमा धाइरहेको छु, उनले भने, ‘भर्खरै मात्रै नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा संग भेटेर बयलपाटा अस्पतालको विषयमा कुराकानी गरेको छु’। प्रधानमन्त्रीले पनि उक्त अस्पतालको विषयमा चासो राखेर आश्वासन दिएको मेयर कुवँरले बताए ।

न्याय हेल्थ नेपालबाट आउने बजेटले मात्रै नपुग्ने भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाका लागी सबै निकायसँग पहल गरेको समेत उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  २ : ५३ बजे

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं