डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिवी « Khabarhub

डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिवी


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिवी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिवी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिवीले आम्दानी भने केही गर्न सकेन । “खरिद गरेको  डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ”, गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भने, “यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन ।”

बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उनको भनाइ थियो। मर्मत खर्च रु पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिए। “पटक पटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याएकै फाइदा हुने भयो”, उनले भने, “त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो ।”

बुद्ध इलेक्ट्रो पावर प्रालीले टेन्डरमा  खरिद गरेको उक्त जेसिवीबाट फुर्के सल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए । काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताए।

अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए। “लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ”, उनले भने, “के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।” गाउँपालिकाले त्यति बेला करिब रु १६ लाखको  लागतमा एउटा ट्र्याक्टर पनि खरिद गरेकामा नियमित चलिरहेको छ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  २ : ४० बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक