श्रममन्त्री कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने « Khabarhub

श्रममन्त्री कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्।

मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्नुहुने मन्त्रालयले जनाएको छ ।

उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन् ।

त्यस्तै पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ । मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : २४ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी