सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : ओली | Khabarhub Khabarhub

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : ओली


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबै खाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् ।

गृह नगर दमकमा  शुक्रबार स्वतन्त्र मजदुर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।

नेताहरूको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरू पराजित हुने जिकिर गरे ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।

जनताले भ्रष्ट नेताहरूको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहोर्‍याए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : १४ बजे

आजका समाचार : सकियो रविको बयान, निर्मला प्रकरणमा नयाँ अनुसन्धान र ट्रम्पलाई बाइडेनको स्वागत

‘मंसिरभित्र काम सुरु नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्छौँ’ प्रधानमन्त्री केपी

मुग्लिङ-पोखरा सडक दैनिक साढे ४ घण्टा बन्द हुने

काठमाडौं – मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

प्रधानमन्त्रीले आफूलाई गाली गर्नेलाई दिए ‘टुप्पाबाट पलाएहरू’को संज्ञा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले पनि ब्याक गेयरमा

रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्ग्याउँदै दलहरू

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा