अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना  « Khabarhub

अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना 


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपचाररत नेता प्रदीप गिरिलाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् ।  गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पताल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालबाट फर्किँदै गर्दा सामाजिक सञ्जाल ट्विटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौँ ।’

साउन दोस्रो साता भर्ना भएका नेता गिरिको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार नआएपछि उनलाई आईसीयूमा राखेर उपचार जारी राखिएको छ ।

गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ४२ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा