पाकिस्तानमा २०२२ को प्रारम्भीक छ महिनामा सुरक्षाकर्मी लक्षित ४३४ आक्रमण, ३२३ को मृत्यु « Khabarhub

पाकिस्तानमा २०२२ को प्रारम्भीक छ महिनामा सुरक्षाकर्मी लक्षित ४३४ आक्रमण, ३२३ को मृत्यु


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको पहिलो ६ महिनामा पाकिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी ४३४ वटा हिंसात्मक आक्रमण भएका छन् । सन् २०२२ को प्रारम्भीक ६ महिनामा पाकिस्तानमा भएका आक्रमणबाट ३२३ सुरक्षाकर्मीको मृत्यु भएको छ भने अरु ७ सयभन्दा धेरै घाइते भएका छन् ।

पाकिस्तानको गृह मन्त्रालयले संसद्‍मा प्रस्तुत गरेको तथ्यांकमासुरक्षाको अवस्था नाजुक रहेको पाइएको पाकिस्तानका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै आक्रमण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएका छन् । सो प्रान्तमा सुरक्षा बललाई लक्षित गरी २४७ वटा आक्रमण भएको जनाइएको छ ।

त्यसैगरी बलोचिस्तान प्रान्तमा १७१ यस्ता आक्रमण भएका छन् भने सिन्ध प्रान्तमा सुरक्षाकर्मीलाई लक्षित गरी १२ वटा आक्रमणका घटना भएका छन् ।

मुलुकमा आतंकवाद र साम्प्रदायिक हिंसाको उच्च जोखिम रहेको समेत संसद्मा प्रस्तुत आन्तरिक मामिला मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : ५८ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४