बञ्चरेडाँडा थप २८७ गाडी फोहोर विसर्जन « Khabarhub

बञ्चरेडाँडा थप २८७ गाडी फोहोर विसर्जन


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर बोकेर २८७ गाडी बञ्चरेडाँडा पुगेका छन् । दुई महिनादेखि अवरोध हुँदै आएको फोहोर व्यवस्थापनमा केही सहज भएसँगै शुक्रबार २ सय ८७ वटा फोहोरका गाडी बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए।

उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताए । काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत रहेको उनको भनाइ छ ।

यस्तै, अवरोध नभए र पानीका कारण बाटो बन्द नभएमा काठमाडौं उपत्यकामा भएको फोहोर व्यवस्थापन गर्न अझै १० दिन लाग्ने प्रमुख शाहको सचिवालयले जनाएको छ। अहिले उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहोर छन्।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : १३ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री