आज सोमबार, व्रत बस्दा के हुन्छ फाइदा ? | Khabarhub Khabarhub

आज सोमबार, व्रत बस्दा के हुन्छ फाइदा ?


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानिसका आआफ्नै इच्छा हुन्छन्। कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ।

धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ। सोमबार व्रत बस्दा के फाइदा हुन्छ ? धर्मशास्त्रमा के भनिएको छ ? तपाईंलाई चासो हुन सक्छ। सोमबारको व्रत बस्दा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ।

धर्मशास्त्र अनुसार, सोमबारको व्रत फलदायी मानिन्छ। सोमबारको व्रतले मानिसका हरेक इच्छा, आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ भन्ने मान्यता रहि आएको छ। विशेष गरी अविवाहित स्त्रीले असल तथा इमान्दार श्रीमान् पाउँछन् भन्ने मान्यता छ।

चिकित्सकहरुले पनि हप्तामा एक दिन खाना नखाई ‘फास्टिङ’ बस्दा स्वास्थ्यलाई राम्रो गर्ने बताउँछन्। तर, बिरामी व्यक्तिले भने, चिकित्सकको राय अनुसार खानपानमा ध्यान दिनु जरुरी छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : ५९ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ