संविधान दिवसमा काठमाडौँकी उपमेयर डंगोलको शुभकामना « Khabarhub

संविधान दिवसमा काठमाडौँकी उपमेयर डंगोलको शुभकामना


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि अपिल गरेकी छन्।

संविधान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत शुभकामना सन्देश जारी गर्दै उनले दिवसको अवसरमा काठमाडौँ महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्ने कामना गरेकी छन्।

‘संविधान जारी भएको आज सात वर्षको यात्रा पूरा भएको छ। यो अवधिमा वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सकेको छ। त्यसैगरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न पनि यो संविधानले ओजस्वी भूमिका खेलेको छ भन्ने अनुभूति भएको छ।’ विज्ञप्तिमा भनिएको छ।

साथै उनले मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्दै अघि बढ्न पनि सबैमा अनुरोध गरेकी छन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ११ : २७ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका