जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने « Khabarhub

जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतको नीतिअनुसार सरकारवादी, फौजदारी, सम्बन्ध विच्छेद लगायत जुनसुकै मुद्दालाई ढिलोमा १८ महिनाभित्र टुङ्ग्याउने गरी फैसला गर्दै आएको श्रेष्तेदार उप–सचिव रामाकान्त यादवले जानकारी दिए ।

मुद्दालाई प्रकृतिको आधारमा ६ महिना, १२ महिना र ढिलोमा १८ महिनाभित्र फैसला गर्ने नीति अवलम्बन गरिएको अदालतले जनाएको छ । कोभिड–१९ को महामारीका समयमा मुद्दा फैसलामा प्रभाव परे पनि आगामी दिनमा मुद्दा फैसलाले रफ्तार लिने श्रेष्तेदार यादवले बताए ।

‘अदालतको मुद्दा नियन्त्रणमै छ । फास्ट ट्रयाक नीति अपनाएको छौँ । केही मुद्दा ६ महिनाभित्र, केही मुद्दा १२ महिनाभित्र र केही मुद्दा १८ महिनाभित्र फैसला गर्ने नीति छ । जे जस्तो भए पनि १८ महिनाभन्दा ढिलो गर्दैनौँ,’ पत्रकार भेटघाट कार्यक्रममा यादवले भने, ‘जटिल प्रकृतिका मुद्दा पनि १८ महिनाभन्दा ढिलो फैसला गर्दैनौँ भन्ने सर्वोच्चको नीति छ । त्यसलाई जिल्ला अदालतले कानूनकै रूपमा फलो गरिरहेको छ । ६० प्रतिशत मुद्दा टार्गेटभित्रै गरिरहेका छौँ ।’

कोभिड–१९ को महामारी बाहेकका वर्ष अदालतले लक्ष्यअनुसार मुद्दा फैसला गरेको पाइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २७९ मुद्दामध्ये २१६ वटा, आर्थिक वर्ष २०७५/०७६ मा २७८ वटा मुद्दामध्ये २३० वटा, आर्थिक वर्ष २०७६/०७७ मा २४५ मध्ये १३५ वटा, आर्थिक वर्ष २०७७/०७८ मा ३३७ मध्ये २०८ वटा र आर्थिक वर्ष २०७८/०७९ मा ४४८ मध्ये २६९ वटा मुद्दा फैसला गरेको श्रेष्तेदार यादवले बताए ।

चालु आर्थिक वर्ष ३७ वटा नयाँ मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको १७९ सहित हाल २१६ मुद्दा कायम रहेको अदालतले जनाएको छ । त्यसमध्ये २५ वटा फैसला भइसहेको अदालतले जनाएको छ ।

चालु आर्थिक वर्ष मुद्दा संख्या ४८८ पुग्ने प्रक्षेपण गरिएको छ । जिल्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भइरहेको श्रेष्तेदार यादवले बताए । गत वर्ष सम्बन्ध विच्छेदका १३४ मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १२ : ०२ बजे

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ