तेक्वान्दो च्याम्पियनसिप : अस्ट्रेलियामा सागरलाई स्वर्ण « Khabarhub

तेक्वान्दो च्याम्पियनसिप : अस्ट्रेलियामा सागरलाई स्वर्ण


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् ।

युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पारे । उक्त तौल समूहमा अमेरिकाका चार्ली बिलगुड तेस्रो स्थानमा रहे ।

गत महिना मात्र अध्ययनका लागि अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडी समेत हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्थे । उनले इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए । कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २५ बजे

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा