तेक्वान्दो च्याम्पियनसिप : अस्ट्रेलियामा सागरलाई स्वर्ण « Khabarhub

तेक्वान्दो च्याम्पियनसिप : अस्ट्रेलियामा सागरलाई स्वर्ण


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् ।

युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पारे । उक्त तौल समूहमा अमेरिकाका चार्ली बिलगुड तेस्रो स्थानमा रहे ।

गत महिना मात्र अध्ययनका लागि अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडी समेत हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्थे । उनले इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए । कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २५ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना