सरकारले जनतामाथि गरेको दमन र अत्याचारको भण्डाफोर गर्ने अनेरास्ववियुकाे निर्णय | Khabarhub Khabarhub

सरकारले जनतामाथि गरेको दमन र अत्याचारको भण्डाफोर गर्ने अनेरास्ववियुकाे निर्णय


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ । 

असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो निति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ । त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दबाबमूलक, रचनात्मक आन्दोलन गर्ने र महङ्गी, कालाबजारी, भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ ।

त्यस्तै इन्धनको मूल्यलाई वैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरि वस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । उनले आगामी निर्वाचन धाँधली रहित र निष्पक्ष रुपमा सम्पन्न गराउन पनि माग गरेको बताए । उनले संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउनका लागि पनि संघर्ष गर्ने उल्लेख गरिन् ।

उनले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा  ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जनाएको छ । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ४२ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ