सरकारले जनतामाथि गरेको दमन र अत्याचारको भण्डाफोर गर्ने अनेरास्ववियुकाे निर्णय « Khabarhub

सरकारले जनतामाथि गरेको दमन र अत्याचारको भण्डाफोर गर्ने अनेरास्ववियुकाे निर्णय


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ । 

असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो निति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ । त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दबाबमूलक, रचनात्मक आन्दोलन गर्ने र महङ्गी, कालाबजारी, भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ ।

त्यस्तै इन्धनको मूल्यलाई वैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरि वस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । उनले आगामी निर्वाचन धाँधली रहित र निष्पक्ष रुपमा सम्पन्न गराउन पनि माग गरेको बताए । उनले संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउनका लागि पनि संघर्ष गर्ने उल्लेख गरिन् ।

उनले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा  ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जनाएको छ । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ४२ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने