संविधान दिवसका अवसरमा २३ कैदीबन्दीलाई माफी « Khabarhub

संविधान दिवसका अवसरमा २३ कैदीबन्दीलाई माफी


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागमती– संविधान दिवसका अवसरमा मकवानपुरमा रहेको भीमफेदी कारागारका २३ कैदीबन्दीलाई आजदेखि लागू हुनेगरि माफी दिइएको छ। सो दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीलाई माफी दिएकी छिन् ।

कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरी सकेका र असल आचरण भएका २३ जना कैदीबन्दीलाई माफी दिइएको भीमफेदी कारागारका शाखा अधिकृत मदन लामा थिङले बताए ।

तोकिएको कैद सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जना र ४० प्रतिशत कैद भुक्तान गरिसकेका असल आचरण भएका नौ जना गरी २५ जनाको कारागारबाट सिफारिस भएकोमा २३ जना कैदी छुट्ने पत्र आएको उनले जानकारी दिए ।

त्यस्तै भीमफेदी कारागारका दुई जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा असल आचरण भएका र कैद भुक्तान पूरा हुन् केही समय बाँकी रहेका दुई जनालाई आम माफी दिनु भएकाले आजदेखि लागू हुनेगरि आम माफी दिइएको सो कारागारले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु