विश्व इतिहासमा आज : सद्दाम दोषी ठहरदेखि तिब्बत युद्ध समाप्तसम्म « Khabarhub

विश्व इतिहासमा आज : सद्दाम दोषी ठहरदेखि तिब्बत युद्ध समाप्तसम्म


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सद्दाम हुसेन दोषी ठहर
सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषि ठहर गरेको थियो। उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो।

जीवनको अस्थित्व चार अर्ब वर्ष पहिले रहेको प्रमाण
सन् २०१५ मा अमेरिकी वैज्ञानिकले पहिलो पटक पृथ्वीमा जीवनको अस्तित्व चार दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए। युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए।

चीन तिब्बत युद्ध समाप्त
सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो। चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपछि चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युुद्ध सुुरु भएको थियो।

जोनाथान स्विफ्टको मृत्यु
सन् १७४५मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो। एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो। स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४७ बजे

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर