कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा गाडामा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन्। गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो। गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ।
बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदूर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे विपरीत दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया