सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

परासी – नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैध चिनी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४२० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले राससलाई जानकारी दिए ।

बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको उनले बताए । चिनीसँगै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ०७ बजे

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर