संस्कृतिविद् जोशीको जन्मकुण्डली अध्ययन गरेर संग्रहालयमा राख्न पहल   | Khabarhub Khabarhub

संस्कृतिविद् जोशीको जन्मकुण्डली अध्ययन गरेर संग्रहालयमा राख्न पहल  


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्रहालयमै राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार निधन भएको थियो । 

जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्रहालयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए । 

जोशीको जन्मपत्रिकामा निर्माण भएका योगहरुको विषयमा विश्वविद्यालय तथा विद्वान् ज्योतिषीहरुसँग बसेर संयुक्तरूपमा  अध्ययन गरिने रिजालले बताए । यसले आगामी पुस्तालाई ग्रहहरूले पार्ने प्रभावका बारेमा कुण्डली फलादेश गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

संघीय सरकार तथा ललितपुर महानगरपालिका सँगको सहकार्यमा अध्ययनलाई अगाडि बढाउने योजना रहेको छ । विशिष्ट व्यक्तिहरूको जन्मकुण्डली अध्ययन गर्नेगरेका ज्योतिषी रिजालका अनुसार कति प्रकारका राजयोग तथा १०३ वर्षे  आयुका बारेमा विशेष अध्ययन गरिनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ५० बजे

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको