विभिन्न दुर्घटनामा परी पाँच जनाको मृत्यु « Khabarhub

विभिन्न दुर्घटनामा परी पाँच जनाको मृत्यु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्यु भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको हो । आज दिउँसो घाँस काट्न गएका फुङलिङ नगरपालिका–६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले बताए ।

यस्तै गएराति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्र्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाइ तथा दिदीबहिनी गरी चार जनाको मृत्यु भएको थियो ।

०२–०३–००१ त ५६५५ नंको ट्र्याक्टर दुर्घटनामा परी मैवाखोला गाउँपालिका–५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला गाउँपालिका–४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरी १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा