यस वर्ष मात्रै १ करोड ६२ लाख पर्यटकद्वारा जम्मु कश्मीरको भ्रमण « Khabarhub

यस वर्ष मात्रै १ करोड ६२ लाख पर्यटकद्वारा जम्मु कश्मीरको भ्रमण


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । जम्मु कश्मीरको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस वर्षमात्रै १ करोड ६२ लाख पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् १९४७ मा भारतले स्वतन्त्रता पाएयता जम्मु कश्मीरमा पर्यटकहरुले भ्रमण गरेको यो सबैभन्दा ठूलो सङ्ख्या हो ।

पर्यटकको आगमन बढेसँगै जम्मु कश्मीरमा आर्थिक गतिविधि पनि बढ्दै गएको जनाइएको छ । जम्मु कश्मीरमा पर्यटन क्षेत्रबाट ठूलो स्तरमा मानिसहरुले रोजगारी पनि पाइरहेको एएनआईले उल्लेख गरेको छ । जम्मु कश्मीरका पुञ्च, राजौरी, जम्मु र कश्मीर उपत्यका पर्यटकको लागि आकर्षक गन्तव्य मानिन्छन् ।

यसअघि स्थानीयहरुले पर्यटन क्षेत्रलाई थप सुदृढ गर्न जम्मु कश्मीर क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै आएका थिए । मानिसहरुको मागलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको राजधानी श्रीनगरबाट संयुक्त अरब इमिरेट्स युएईको शार्जाहका लागि अन्तर्राष्ट्रिय उडानको पनि व्यवस्था गरेको जनाइएको छ ।

हालैमात्रै पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सो क्षेत्रमा विस्तृत चलचित्र नीतिको पनि सुरुवात गरिएको थियो । त्यसयता चलचित्र छायांकनका लागि १४० वटा अनुमति दिइएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : १५ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका