यस वर्ष मात्रै १ करोड ६२ लाख पर्यटकद्वारा जम्मु कश्मीरको भ्रमण « Khabarhub

यस वर्ष मात्रै १ करोड ६२ लाख पर्यटकद्वारा जम्मु कश्मीरको भ्रमण


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । जम्मु कश्मीरको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस वर्षमात्रै १ करोड ६२ लाख पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् १९४७ मा भारतले स्वतन्त्रता पाएयता जम्मु कश्मीरमा पर्यटकहरुले भ्रमण गरेको यो सबैभन्दा ठूलो सङ्ख्या हो ।

पर्यटकको आगमन बढेसँगै जम्मु कश्मीरमा आर्थिक गतिविधि पनि बढ्दै गएको जनाइएको छ । जम्मु कश्मीरमा पर्यटन क्षेत्रबाट ठूलो स्तरमा मानिसहरुले रोजगारी पनि पाइरहेको एएनआईले उल्लेख गरेको छ । जम्मु कश्मीरका पुञ्च, राजौरी, जम्मु र कश्मीर उपत्यका पर्यटकको लागि आकर्षक गन्तव्य मानिन्छन् ।

यसअघि स्थानीयहरुले पर्यटन क्षेत्रलाई थप सुदृढ गर्न जम्मु कश्मीर क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै आएका थिए । मानिसहरुको मागलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको राजधानी श्रीनगरबाट संयुक्त अरब इमिरेट्स युएईको शार्जाहका लागि अन्तर्राष्ट्रिय उडानको पनि व्यवस्था गरेको जनाइएको छ ।

हालैमात्रै पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सो क्षेत्रमा विस्तृत चलचित्र नीतिको पनि सुरुवात गरिएको थियो । त्यसयता चलचित्र छायांकनका लागि १४० वटा अनुमति दिइएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : १५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज