नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन « Khabarhub

नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो ।

समितिअन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् ।

त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदीपमोहन भट्टराई, सदस्यहरूमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल रहेका छन् ।

अनुगमन तथा सहजीकरण उपसमितिमा संयोजक युवक लामिछाने, सहसंयोजक कमलाविन्दु बराल, सचिवमा अर्पण कोइराला, सदस्यहरूमा ज्योति कोइराला र दक्षिणा सुवेदी रहेका छन् ।

प्रचारप्रसार तथा मिडिया सेन्टर उपसमितिमा संयोजक गङ्गाधर पराजुली, सहसंयोजकमा सविना तिमिल्सिना, सचिवमा वर्षाकेशव पराजुली, बुथ व्यवस्थापन उपसमितिमा संयोजक खेमबहादुर गुरुङ, सहसंयोजक गणेश बस्नेत, सचिवमा विष्णु अधिकारी, सदस्यहरूमा अर्जुन गुरुङ र तारादेवी गुरुङ छन् ।

उद्योग व्यवसाय तथा पर्यटन परिचालन उपसमितिमा संयोजक बाबुराम गिरी, सहसंयोजकमा चौबहादुर गुरुङ, सचिव कसिरन मियाँ, महिला तथा आमा समूह परिचालन उपसमितिमा संयोजक सीता शर्मा, सह–संयोजक मीना परियार, सचिवमा लोककुमारी गुरुङ तथा सदस्यहरूमा तारा बराल र लक्ष्मी लम्साल रहेका छन् ।

निर्वाचनसम्बन्धी समन्वय उपसमितिमा संयोजक रामजीप्रसाद कोइराला, सहसंयोजकमा डा दीपक सुवेदी, सदस्यहरूमा चन्द्रमाया गुरुङ र सराफत अलिमियाँ रहेको नेपाली कांग्रेस कास्की जिल्ला निर्वाचन परिचालन समितिका संयोजक कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ५० बजे

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

गलकोट– एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न

काठमाडौं– युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला