नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन « Khabarhub

नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो ।

समितिअन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् ।

त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदीपमोहन भट्टराई, सदस्यहरूमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल रहेका छन् ।

अनुगमन तथा सहजीकरण उपसमितिमा संयोजक युवक लामिछाने, सहसंयोजक कमलाविन्दु बराल, सचिवमा अर्पण कोइराला, सदस्यहरूमा ज्योति कोइराला र दक्षिणा सुवेदी रहेका छन् ।

प्रचारप्रसार तथा मिडिया सेन्टर उपसमितिमा संयोजक गङ्गाधर पराजुली, सहसंयोजकमा सविना तिमिल्सिना, सचिवमा वर्षाकेशव पराजुली, बुथ व्यवस्थापन उपसमितिमा संयोजक खेमबहादुर गुरुङ, सहसंयोजक गणेश बस्नेत, सचिवमा विष्णु अधिकारी, सदस्यहरूमा अर्जुन गुरुङ र तारादेवी गुरुङ छन् ।

उद्योग व्यवसाय तथा पर्यटन परिचालन उपसमितिमा संयोजक बाबुराम गिरी, सहसंयोजकमा चौबहादुर गुरुङ, सचिव कसिरन मियाँ, महिला तथा आमा समूह परिचालन उपसमितिमा संयोजक सीता शर्मा, सह–संयोजक मीना परियार, सचिवमा लोककुमारी गुरुङ तथा सदस्यहरूमा तारा बराल र लक्ष्मी लम्साल रहेका छन् ।

निर्वाचनसम्बन्धी समन्वय उपसमितिमा संयोजक रामजीप्रसाद कोइराला, सहसंयोजकमा डा दीपक सुवेदी, सदस्यहरूमा चन्द्रमाया गुरुङ र सराफत अलिमियाँ रहेको नेपाली कांग्रेस कास्की जिल्ला निर्वाचन परिचालन समितिका संयोजक कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ५० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै