देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी | Khabarhub Khabarhub

देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बहसका लागि आमन्त्रण गरेको विषयलाई आम सञ्चार माध्यमहरुले सकारात्मक रुपमा लिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अध्यक्ष ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘’मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ । यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु ।’’

विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिने बताउँदै ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको राय पनि माग गरेका छन् ।

‘‘विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।’’ उनको पोस्टमा भनिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ०५ बजे

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

ललितपुर – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर

राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः उपेन्द्र यादव

धनुषा – जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र

प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स

चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवन – विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन