देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी « Khabarhub

देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बहसका लागि आमन्त्रण गरेको विषयलाई आम सञ्चार माध्यमहरुले सकारात्मक रुपमा लिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अध्यक्ष ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘’मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ । यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु ।’’

विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिने बताउँदै ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको राय पनि माग गरेका छन् ।

‘‘विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।’’ उनको पोस्टमा भनिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ०५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै