देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी | Khabarhub Khabarhub

देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बहसका लागि आमन्त्रण गरेको विषयलाई आम सञ्चार माध्यमहरुले सकारात्मक रुपमा लिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अध्यक्ष ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘’मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ । यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु ।’’

विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिने बताउँदै ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको राय पनि माग गरेका छन् ।

‘‘विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।’’ उनको पोस्टमा भनिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ०५ बजे

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…

काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव

काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या