पानी ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु « Khabarhub

पानी ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । 

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उपचारको लागि भक्तपुर अस्पताल लगेको थियो । उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ ।

ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने वर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ०८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको