पानी ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु « Khabarhub

पानी ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । 

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उपचारको लागि भक्तपुर अस्पताल लगेको थियो । उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ ।

ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने वर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ०८ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र