सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री | Khabarhub Khabarhub

सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो । 

‘निर्वाचन आयोगको निर्देशनअनुसार सुत्केरी, गर्भवती, किरियायुत्री, (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) ज्येष्ठ नागरिक, बिरामी र अपाङ्गगता भएका व्यक्तिलाई मतदान गर्न सहज हुने गरी मतदान केन्द्र बनाइएका छौँ’, उनले भने, ‘यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था गरिएको छ ।’

निर्वाचन क्षेत्र नं १ मा एक सय १९, निर्वाचन क्षेत्र नं २ मा एक सय १८ र निर्वाचन क्षेत्र नं ३ मा एक सय नौ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि तीन सय ४६ मतदान केन्द्रमा दुई हजार सात सय ५० जना कर्मचारीलाई खटाइएको छ । निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराई केन्द्रमा खटाइएको हो ।

‘निर्वाचनसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ’, कार्यालय प्रमुख जोशीले भने, ‘निर्वाचनका लागि बुथ निर्माण गर्ने कार्यमा सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।’ उनका अनुसार जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् । जिल्ला कारागार कञ्चनपुरमा एक र भीमदत्त नगरपालिका कार्यालयमा एक गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको हो । 

कारागारमा राखिएको अस्थायी मतदान केन्द्रमा ३३ जना कैदीबन्दीले समानुपातिकतर्फको मतदान गर्न पाउनेछन् । भीमदत्त नगरपालिका कार्यालयमा राखिएको मतदान केन्द्रमा कर्मचारीले मतदान गर्न पाउने छन् । यसैबीच, निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मङ्सिर १ देखि ४ गते राति १२ बजेसम्म जिल्लाभर तथा मतदानस्थल र सोको वरिपरि तीन सय मिटर क्षेत्रसम्म निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि कुनै पनि प्रकारको मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवन गर्न निषेध गरेको छ ।

निर्वाचनलाई दृष्टिगत गरी अनुमतिबाहेकका कुनै पनि निजी तथा सार्वजनिक सवारी साधनहरू मङ्सिर ४ गते बिहान ४ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : २३ बजे

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८