निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान « Khabarhub

निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ-आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन् । 

शनिबार दिउँसो निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको र कुनै पनि डर, त्रास, धम्कीमुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका हुन् । उनले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले मतदान गर्न सक्ने बताए ।

उनले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी र सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । निर्वाचन आचार संहिता कार्यान्वयनका लागि पनि आयोगले अनुगमन टोली र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । उनीहरूबाट प्राप्त विवरणमाथि अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । 

यस्तै, निर्वाचनका दिन भोलि आइतबार सञ्चारकर्मी, पर्यटक बोकेको सवारी सधान र अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउने आयोगको भनाइ छ । साथै ४ र ५ मंसिरमा आयोगको सिफारिसमा सार्वजनिक बिदा भएकाले सबै नागरिक मतदानमा सहभागी हुने आयोगको अपेक्षा छ । 

आयुक्त थपलियाले मतदान अधिकृत, मतदानस्थलमा खटिएका कर्मचारी र मतदानमा खटिएका सुरक्षाकर्मीलाई अवान्छित गतिविधि हुन नदिन निर्देशन दिइएको पनि बताए । 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ४४ बजे

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका