निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान « Khabarhub

निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ-आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन् । 

शनिबार दिउँसो निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको र कुनै पनि डर, त्रास, धम्कीमुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका हुन् । उनले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले मतदान गर्न सक्ने बताए ।

उनले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी र सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । निर्वाचन आचार संहिता कार्यान्वयनका लागि पनि आयोगले अनुगमन टोली र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । उनीहरूबाट प्राप्त विवरणमाथि अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । 

यस्तै, निर्वाचनका दिन भोलि आइतबार सञ्चारकर्मी, पर्यटक बोकेको सवारी सधान र अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउने आयोगको भनाइ छ । साथै ४ र ५ मंसिरमा आयोगको सिफारिसमा सार्वजनिक बिदा भएकाले सबै नागरिक मतदानमा सहभागी हुने आयोगको अपेक्षा छ । 

आयुक्त थपलियाले मतदान अधिकृत, मतदानस्थलमा खटिएका कर्मचारी र मतदानमा खटिएका सुरक्षाकर्मीलाई अवान्छित गतिविधि हुन नदिन निर्देशन दिइएको पनि बताए । 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ४४ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी