निर्वाचनलक्षित तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन « Khabarhub

निर्वाचनलक्षित तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन– भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

जिल्लाभर एक सय ३१ स्थानमा रहेका दुई सय ९० वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी खटिएको पोखरेलले जानकारी दिए ।

‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, जिल्लाका सबै सीमा नाकामा निगरानी गरिएको छ’, पोखरेलले भने, ‘सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् । हामीले पूरा तयारीका साथ सबै स्थानमा सूरक्षाकर्मीलाई परिचालित गराएका छौँ ।’ निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार निर्वाचनमा प्रहरी र प्रहरीको सहायताका लागि एक हजार तीन सय अठ जना म्यादी प्रहरी परिचालन भएका छन् ।

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । ‘तत्काल त्यस्तो सुरक्षा चुनौती देखिएको छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौँ’, उनले भने, ‘बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौँ ।’

प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल दुई लाख ५० हजार चार सय १० जना मतदाता छन् । क्षेत्र नं १ मा ७४ हजार तीन सय ९७ जना, क्षेत्र नं. २ मा ८१ हजार आठ सय ९७ जना र क्षेत्र नं. ३ मा ९४ हजार एक सय १६ मतदाता छन् ।

कारागारका कैदीबन्दी र कर्मचारीका लागि नख्खु कारागार नख्खुमा र नमुना मच्छिन्द्र मावि लगनखेलमा गरेर दुईवटा स्थानमा अस्थायी मतदान केन्द्र राखिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ३ : १४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा