सबै मतदान केन्द्रमा कर्मचारी पुगे | Khabarhub Khabarhub

सबै मतदान केन्द्रमा कर्मचारी पुगे


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।

‘शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ’, उनले भने, ‘सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।’

मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी भण्डारीले बताए। उनका अनुसार प्रत्येक मतदान केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ । सोही अनुसार दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरी तीन हजार सात सय २० जना कर्मचारी खटाइएको हो । अहिले जिल्लाका सबै स्थानमा  खटिएका कर्मचारीले बुथ निर्माण गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । 

साथै मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आवश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरी तयारी गरिएको छ । जिल्लाका मतदानस्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको छ । साथै आवश्यक परेको खण्डमा थप नेपाली सेनासमेत परिचालन गर्ने तयारी गरिएको छ । हाल ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

दाङमा तीनवटा निर्वाचन क्षेत्रमा एक सय ५३ वटा मतदानस्थल छन् । जिल्लामा प्रतिनिधिसभाका लागि ३३ जना उम्मेदवार छन् भने प्रदेशसभाका लागि ४३ उम्मेदवार छन् ।  यसपटक जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता छन् ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ४ : ०८ बजे

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर