‘मतगणना सरल र सहज हुने’ | Khabarhub Khabarhub

‘मतगणना सरल र सहज हुने’


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरूपमा हुने विश्वास गरिएको छ । स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मत गणनामा अलमल नहुने काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । उनले भने, ‘हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ ।’

स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो । निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । उम्मेदवारको सङ्ख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउन पर्ने भएकाले पनि त्यस बेला मतगणना लम्बिएको थियो । यस पटकको निर्वाचनमा बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक-एक स्वस्तिक छाप मात्र लगाउन पर्ने भएकाले पनि गणनामा निकै सहजता हुने अपेक्षा गरिएको छ ।

आयोगले छिटो, छरितो र पारदर्शीरुपमा मतगणना गर्न कार्यका लागि व्यवस्था मिलाउन यसअघि नै निर्देशन दिइएको छ । मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन र भण्डारण गरिनेछ । त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ । 

पर्याप्त सुरक्षासहितको मतगणनास्थलमा सुरुमै आवश्यकताअनुसार टोली खटाएर मतगणना प्रारम्भ हुनेछ । गणना टोलीमा चारदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरी निरन्तर मतगणना हुनेछ । कतिपय निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको नतिजा एक-एक घन्टामा माइकद्वारा जानकारी गराइने व्यवस्था गरिएको पाइएको छ ।

सबैभन्दा पहिला मतगणना प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र त्यसपछि प्रदेशसभा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको गरिने छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना हुनेछ ।

यसैबीच, काठमाडौँ डिल्लीबजारस्थित विजय स्मारक मतदान केन्द्रका ‘क’ का मतदान अधिकृत भगवान् उप्रेतीले निर्वाचनका लागि मतदान केन्द्र स्थापनाको तयारी पूरा गरी मतदान गर्न एक जनालाई कति समय लाग्दो रहेछ भनी पूर्वाभ्याससमेत गरेको जानकारी दिए । काठमाडौँका मुख्य निर्वाचन अधिकृत खतिवडाले जिल्लाका सबै १० वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०४ बजे

धुम्रपानका कारण आइभोरी कोस्टमा प्रतिदिन छ हजार व्यक्तिको मृत्यु

एजेन्सी– धुम्रपानका कारण आइभोरी कोस्टमा वर्षेनी छ हजारभन्दा बढीको मृत्यु

सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक 

मुग्लिन-  चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ

रौतहटका शक्तिपीठहरुमा हजारौँ बोकाको बली

रौतहट– हिन्दुहरूको महान पर्व बडा दसैँको अवसरमा रौतहटस्थित शक्तिपीठहरुमा यस

बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

एजेन्सी – बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई

भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी